
काठमाडौँ —अवैध रुपमा युरोप छिर्ने तयारीमा रहेका ३७ नेपालीहरुलाई टर्किस प्रहरीले इस्तानबुलस्थित एक घरबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार ती सबै नेपाली थिए । टर्किस अनलाइन ईन सन हाबरका अनुसार पक्राउ परेका सबै नेपालीको साथमा हिड्नको लागि समान तयारि अवस्थामा थियो र ती सबै मध्यरातमा ग्रिस छिर्ने तयारीमा थिए । इस्तानबुलस्थित त्यहा रहेका नेपालीहरुको भनाइ अनुसार गत पक्राउ परेका नेपालीमध्ये तीन जनालाई कागजपत्रका आधारमा प्रहरीले छोडे पनि अन्य ३४ जना भने प्रहरी नियन्त्रणमै छन् ।
चैत्र २७, २०७८ मा प्रकाशित