रौतहटमा अटो दुर्घटना हुदा ३ जनाको मृत्यु, १ घाइते

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

5 views

चन्द्रपुर-भाद्र -२, लच्का नजिकै बस र अटो रिक्सा आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा ३ जनाको ज्यान गएको हो।

काठमाडौंबाट सर्लाहीको बयलबासतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र बागमतीबाट विरामी लिएर वीरगन्ज जाँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहीबार बिहान साढे ४ बजे एक आपसमा ठक्कर हुदा  अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगरको ज्यान गएको थियो   ।

दुर्घटनामा घाइते भएका अटोमा सवार ४ जना मध्ये  ३ जनाको ज्यान गएको र घाइते भएकी ढकबहादुरकी श्रीमती सविना लुंगेलीको चन्द्रपुर अस्पतालमा प्रारम्भिक उपचारपछि वीरगन्ज पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका प्रहरी निरीक्षक अर्बिन्द कुमारले  जानकारी दिए।

प्रहरीले बस तथा चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरू गरेको छ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.