मदन–विद्यापुत्री उषाकिरण काठमाडौं-२ बाट चुनाब लड्न योग्य कति ?


भाद्र २ , काठमाडौं । नेकपा एमालेले पार्टीको विदेश विभागकी सदस्य उषाकिरण भण्डारीलाई काठमाडौंबाट प्रतिनिधिसभा चुनावमा उठाउने तयारी गरे संगै नेपालि राजनीति मा चर्चाको  बिषय बनेको छ  ।

भर्खरै भण्डारीलाई एमाले काठमाडौं जिल्ला कमिटीमा लगेको छ । सदस्य मनोनित गरिएलगत्तै उनलाई जिल्ला कमिटीको सचिवालय सदस्यमा चयन गरियाे । ‘पार्टी अध्यक्ष (ओली) को चाहना उषाजीलाई उठाउने छ,’ भण्डारीसँगै कमिटीमा रहेका एमाले नेताका अनुशार, ‘उषाजी उठ्दा जननेता मदनको सम्मान नै हुने, अनि सक्षम युवापुस्ताको प्रतिनिधित्व हुने सन्देश जान्छ भन्ने बुझाई हो । अहिले पार्टीमा त्यस्तो स्पिरिट चाहिएको पनि छ ।’

अखिल नेपाल महिला संघबाट राजनीतिमा प्रवेश गरेकी भण्डारी एमालेका पूर्वमहासचिव मदन भण्डारी तथा राष्ट्रपति विद्या भण्डारीकी जेठी छोरी हुन् । मदन भण्डारी फाउन्डेसनको नेतृत्व गरिरहेकी उनी चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं भ्रमणमा आउँदा प्रथम महिलाको हैसियतमा स्वागतमा सरिक थिइन् ।

राष्ट्रपति विद्या भण्डारी अब सक्रिय राजनीतिमा फर्कने सम्भावना न्युन रहेको अवस्थामा उषाकिरण भण्डारीलाई अगाडि सार्न उपयुक्त बेला भएको एमालेका ती नेताले तर्क गरे । भण्डारी संसदीय राजनीतिमा आएमा एमालेमा पनि पारिवारिक विरासतको राजनीतिले ठाउँ पाउँदै गएको मानिने छ ।

भदौ २, २०७९ मा प्रकाशित

114 views

प्रतिक्रिया

मुख्य समाचार