सडक मर्मत तथा पिच गर्न माग गर्दै थलीबासि फेरी आन्दोलनमा 

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

3 views

काठमाण्डौ ५ भदौ : सडक मर्मत तथा पिच को माग गर्दै स्थानीयबासीले आज बिहानै देखि सडक अवरुद्ध गरेका छन ।

उक्त थली क्षेत्रमा लामो समय देखि स्थानीयले सडक कालोपत्रे माग गर्दै आन्दोलन गर्दै आएका छन । यस क्षेत्र पुर्बप्रधानमन्त्रि माधव नेपालको प्रवावित क्षेत्र मानिन्छ ।

सडक अवरुद्धकै कारण चाबहिल - जोरपाटी हुदै साँखु गागलफेदी चल्ने सम्पूर्ण सवारिसधन रोकिएका छन् भने चाबहिल बाट गएका सवारि साधनहरु पनि थलि मै रोकिएका छन् । अवरुद्धका कारण एम्बुलेन्स र विधालयका बसहरुमा भने प्रभाव परेको छैन ।

सडक पिच नहुदा हिलो र धुलो बाट पिडा खेपेका स्थानीयले २०७८ चैत्रमा पनि सडक पिचको माग गर्दै आन्दोलन गरेका थिए भने त्यो समयमा एमालेका तत्कालिन नेता रामेश्वोर फुयाँलले पिच गर्ने आस्वासन दिएपछि मात्र आन्दोलन स्थगित गरिएको थियो ।

केही समयअघि बौद्धका स्थानीयबासीले पनि सडक पीचको माग गर्दै आन्दोलित भएका थिए। आन्दोलनपछि उक्त सडक कालोपत्रे भएको थियो।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.