
भदौ ८ काठमाण्डौ : हिजो मंगलबार कलंकीस्थित खसी बजारमा टिपरले मोटरसाइकल लाइ ठक्कर दिदा मोटरसाइकल चालक को उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका धादिङ् छत्रे देउराली - २ का १८ वर्षीय विश्वास रंजितकार को उपचारको क्रममा राति करिब सवा १० बजे रास्ट्रीय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
कलंकी बाट बल्खुतार्फ जाँदै गरेको बा ८१ प ४१२९ नम्बरको मोटरसाइकल लाइ सोहि तर्फा जाँदै गरेको बागमती प्रदेश ०१ -००६ ख २८९३ नम्बरको तिपरले ठक्कर दिएको थियो।
प्रहरी वृत्त कालिमाटीका अनुसार टिपर चालक लाइ ट्रीपर सहित नियन्त्रणमा लिइएको छ।
भदौ ८, २०७९ मा प्रकाशित