
१२ भदौ काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले भोटाहिटीको अण्डरपास ( सब-वे )माथि बनेको ७ ओटा बाहेकको सबै अबैध संरचना भत्काएको छ । भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको संरचना अबैध भएको जानकारी संगै महानगरको सुरक्षाकर्मीसहित आफै भत्काउन थालेको हो ।
ब्यापार गर्ने उदेश्यका साथ नक्सा बिपरित थपिएको उक्त संरचना भत्काइएको नगरप्रहरीले जानकारी दिएको छ ।
भदौ १२, २०७९ मा प्रकाशित