प्रहरी महानिरिक्षक धिरज प्रताप सिंह United Nations Chiefs of Police Summit मा सहभागी हुन न्यूयोर्क प्रस्थान  


काठमाडौं, १३ भदौ - प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा भदौ १५ देखि १७ गते (३१ अगस्ट देखि २ सेप्टेम्बर, २०२२) सम्म संचालन हुने तेस्रो United Nations Chiefs of Police Summit (UNCOPS) मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

प्रहरी महानिरीक्षक सिंहसँग उक्त समिटमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी निरीक्षक केदार प्रसाद सापकोटा समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित विदाई गर्नुभयो ।

उक्त समिटमा निम्न उल्लेखित विषयहरूमा छलफल हुने कार्यक्रम रहेको छ :

  • संयुक्त राष्ट्र प्रहरी र अन्य कानून प्रवर्तन मामिलाहरूको लागि प्रणाली व्यापक सेवा प्रदायक र केन्द्र बिन्दुको रूपमा संयुक्त राष्ट्र प्रहरी डिभिजनको भूमिकालाई परिचालन गर्ने ।
  • संयुक्त राष्ट्र प्रहरी भित्र लैङ्गिक समानताको विकासमा स्वैच्छिक कम्प्याक्टको सुरुवात सहित क्षमताहरू सुदृढ गरेर संयुक्त राष्ट्र प्रहरीको कार्यसम्पादन वृद्धि गर्न जारी प्रयासहरूलाई बलियो बनाउने ।
  • अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा प्रक्रियाहरू, छलफलहरू र फोराहरूमा संयुक्त राष्ट्रको पुलिसिंग प्राथमिकताहरू एकीकृत गर्ने ।

सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले अन्य देशका प्रहरी प्रमुखहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाट गरी साझा सुरक्षाका विषयमा समेत छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।  

केन्द्रीय प्रहरी समाचार कक्ष बाट साभार

भदौ १४, २०७९ मा प्रकाशित

130 views

प्रतिक्रिया

मुख्य समाचार