सामाजिक सञ्जाल मार्फत् दु:ख, हैरानी तथा अपमान गर्ने पक्राउ

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

6 views

काठमाडौं, १५ भदौ   - सामाजिक सञ्जाल भाइबर मार्फत् नाबालिकालाई दु:ख, हैरानी तथा अपमान गरेको अभियोगमा भारत मोतिहारी चिरैया सेनवरिया घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने १९ वर्षीय मोहम्मद रमीज राजालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । राजाले नाबालिकाको तस्वीर ईडिट गरी बनाएको अश्लिल भिडियो भाइबर मार्फत् पठाई डर त्रास देखाई नाजायज फाईदा लिन खोजेको र उद्देश्य पुरा नहुने भएपछि उक्त भिडियो सार्वजनिक गरीदिने भनि नाबालिकालाई मानसिक यातना तथा दु:ख हैरानी दिएको खुल्न आएपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

          यसैगरी सामाजिक सञ्जाल ईन्सटाग्राम तथा बिगो मार्फत् महिलालाई ब्ल्याकमेल गरी मानसिक यातना तथा दु:ख हैरानी दिएको अभियोगमा ताप्लेजुङ फुङ्लिङ नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध भृकुटीचोक बस्ने ३२ वर्षीय जेम्स तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ईन्सटाग्राम तथा बिगो मार्फत् ती महिलालाई विभिन्न प्रलोभन देखाई अश्लिलता प्रदर्शन गर्न बाध्य पारी सोको स्क्रिन सट लिई आर्थिक लाभका लागि सामाजिक सञ्जालमा प्रसारण गरीदेने भन्दै ब्ल्याकमेल, मानसिक यातना तथा दु:ख हैरानी दिने कार्यमा संलग्न जेम्सलाई प्रहरीले पक्राउ गरेको हो ।

          पक्राउ परेका उनीहरू उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी आवश्यक अनुसन्धान भइरहेको छ  ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.