
माटो बचाउ अभियान प्रकृतिको लागि सुरु गरिएको एउटा बिस्वब्यापी आन्दोलन हो । यो अभियान को मुख्य उदेश्य संसारभरिका सरकार लाइ उनीहरुको नागरिकले आफ्नो माटो लाइ पुनर्जीवन गर्न चाहन्छन भन्ने संदेश दिनु हो । पृथ्बी हाम्रो आमा हो र हामीले हाम्रो आमा लाइ मर्न दिनु हुदैन । आज बिस्वब्यापी रुपमा जुन रुपले विभिन्न कारणवस माटो यानिकी पृथ्बी को अस्तित्व/शक्ति मा ह्रास आइरहेको छ । राज्य को प्रत्येक नागरिक, प्रतिष्ठित ब्याक्तिहरु, बैज्ञानिकहरु , बिशेषज्ञहरु , यस माटोको पुनर्जिबन गर्न जिम्वेवार हुनु पर्छ र एकजुट भएर अघि बढ्नु पर्छा भन्ने हो ।

यसै अभियान लाइ अझ निरन्तर रुपमा अघि बढाउन सत्गुरु नेपाल आउनु भएको थियो र गोदावरी को गोदावरी सनराइज सम्मेलन केन्द्र मा भएको उक्त कार्यक्रममा युवाहरुको निक्कै चाप देखियो । सात हजार पाच सय व्याक्ति क्षमता रहेको उक्त कक्ष युवा युवतीहरुको भिडले पुरा भरिएको थियो र मानिसहरु उभिएर नि कार्यक्रम मा भाग लिएका थिए ।

उक्त कार्यक्रम मा अथितिको रुपमा वन तथा वातावरण मन्त्रि प्रदिप यादव , पूर्व उपप्रधानमन्त्री नारायण काजि श्रेष्ठ सहभागी भएका थिए भने पुर्व मिस नेपाल तथा अभिनेत्री श्रीष्टि श्रेष्ठ, आदि पनि सहभागी भएका थिए । कार्यक्रमकै दौरानमा सत्गुरु ले माटो बचाउ अभियान का लागि ३० हजार कि मि हिन्नु भएको सम्मान स्वरूप बन तथा वातारण मन्त्रि प्रदिप यादव ले ३० हजार बिरुवा रोप्ने प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो ।
भदौ १७, २०७९ मा प्रकाशित