
नाबालिक करणी आरोप खेपिरहेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने ले नेपाल क्रिकेट संघ (क्यान) संग कानुनि सहयोगको अपिल गरेका छन् . क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज रहेका सन्दिप आगामी अक्टोबर १ सम्म हुने लिग सकिए लगत्तै नेपाल फर्किने बताएका छन् । सन्दिप आबद्ध रहेको जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ ।
'सन्दीपको बारेमा अहिले तत्काल केहि पुष्टि नभएको , कानुनि रुपमा पुष्टि नहुन्जेल संदिपलाई कुनैपनि किसिमको कारबाही नगर्ने र यदि सन्दिप दोषी भए कानुनि कारबाही हुनु पर्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्द ले जानकारी दिए ।
महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरी अनुसार सन्दीपले बालिकालाई भदौ 5 गते काठमाण्डौ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोहि दिनको राति काठमाण्डौ एक होटलमा ल्याएर करणी गरेको भनि उल्लेख छ ।
भदौ २३, २०७९ मा प्रकाशित