के हो MDMS प्रणाली ? आफ्नो मोबाइल एमडीएमएस(MDMS) मा दर्ता भए नभएको कसरि हेर्ने ?


MDMS प्रणाली नेपाल दुरसंचार प्राधिकरणले अबैध रुपमा राज्यमा भित्रिने मोबाइलहरु प्रतिबन्ध गर्न र सर्वासाधरनको मोबाइल तथा SIM को अनधिकृत प्रयोग रोक्न लागु गरेको एउटा प्रणाली हो | यसको मदतले नेपाल दुरसंचार प्राधिकरण ले मोबाइलको आयात तथा प्रयोग व्यवस्थापन गर्न सक्दछ |

नेपाल दुरसंचार प्राधिकरणले २०७९ भाद्र ३० पश्चात मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको MDMS प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको एकिन गरी मात्र खरिद गर्न अनुरोध गरेको छ। साथै, मोबाइल आयातकर्ता/विक्रेताहरुले मोबाइल आयात गर्नु अघि अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइलमात्र विक्री वितिरण गर्नुहुन पनि जानकारी गराएको छ ।

एमडीएमएस(MDMS) मा दर्ता भए नभएको कसरि हेर्ने ?

हरेको मोबाइल को SIM प्रयोग हुने उपकरणमा १५ अंकको IMEI नम्बर हुन्छ | त्यस्तो उपकरणहरुको IMEI एक अर्कासंग मेल खाँदैन। IMEI नम्बर उक्त्त उपकरणको परिचय प्रदान गर्ने गुण हो | त्यहि IMEI नम्बरको मदतले मोबाइलले आफ्नो परिचय प्राप्त गर्दछ. यदि मोबाइल चोरी भएको खण्डमा यहि IMEI नम्बरको मदतले हराएको या चोरी भएको मोबाइल पत्तालाग्ने सम्भावना रहन्छ ।

आफ्नो मोबाईलको Keypad मा गई *#०६# Dial गरे पछी उक्त उपकरणको IMEI नम्बर पत्ता लगाउन सकिन्छ । अथवा आफुले खरिद गरेको नया मोबाइलको बट्टामा पनि उक्त नम्बर उल्लेख भएको हुन्छ ।

आफुले खरिद गरेको मोबाइल एमडीएमएस (MDMS) मा दर्ता भए नभएको हेर्न को लागि नेपाल दुरसंचार प्राधिकरणले जारिगरेको वेब ठेगाना

https://mdms.nta.gov.np/ मा गएर हेर्न सकिन्छ ।

भदौ ३०, २०७९ मा प्रकाशित

127 views

प्रतिक्रिया

मुख्य समाचार