
शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा गोण्डा र सिद्धार्थनगर बालगृहबाट जोखिमपूर्ण रुपमा भारत पुर्याइएका १६ नेपाली बालबालिकालाई बुधबार उद्धार गरी नेपाल ल्याइएको छ ।
अधिकांंश १२ वर्षमुनिका रहेका बालबालिकाहरु नुवाकोटका १०, रसुवाका पाँच र कैलालीका एक गरी जम्मा १६ जनाको उद्वार गरिएको शान्ति पुनःस्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिए।
भदौ ३०, २०७९ मा प्रकाशित