विभिन्न स्थान मा सवारी दुर्घटनामा चार जनाको मृत्यु


काठमाडौं, ११ फागुन

          ललितपुर, ललितपुर महानगरपालिका-१४ ताल्छिखेलमा बा.९१ प ९००० नम्बरको मोटरसाइकको ठक्करबाट पैदलयात्री दोलखा भिमेश्वर नगरपालिका-७ घर भई हाल ललितपुर महानगरपालिका-४ जावलाखेल बस्ने ५४ वर्षीय दिपक शाहको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

          झापा, शिवसताक्षी नगरपालिका-९ नहरचोकमा प्र १-०१-०१२ प ९११६ नम्बरको मोटरसाइकलले साईकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २६ वर्षीय नबिन बास्कोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बी एन्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका साईकलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

          नुवाकोट, बिदुर नगरपालिका-५ माझिटारमा बा.प्र-०२-०२२ प २७७२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउको कलबोटमा ठोक्किएर बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१० बस्ने २५ वर्षीय  बिष्णु प्याकुरेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।  

          कालीकोट, तिलागुफा नगरपालिका-५ धनाडामा क.प्र०२-००१ ख ०३५६ नम्बरको मिनी ट्रक सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना हुँदा ट्रक चालक  दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका-७ पाल्तडा बस्ने २९ वर्षीय छवि प्रसाद चौलागाईको गएराति मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको  कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्थान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्रकका सह-चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

          यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फाल्गुन ११, २०७९ मा प्रकाशित

165 views

प्रतिक्रिया

मुख्य समाचार