सवारी दुर्घटनामा झापा दमक का बिशाल सिटौलाको मृत्यु


काठमाडौं, १२ फागुन

            मोरङ, पथरीशनिश्चरे नगरपालिका-१० जिरिखिम्तिस्थित सडकमा मे.१ च ४१७१ नम्बरको भ्यानले मे.७ प ७५४३ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक झापा दमक नगरपालिका-४ कृष्ण मन्दिर बस्ने ३० वर्षीय बिशाल सिटौलाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार भ्यान चालकको प्रहरीले खोजी गरिरहेको छ ।

फाल्गुन १२, २०७९ मा प्रकाशित

174 views

प्रतिक्रिया

मुख्य समाचार