दैलेख मा मनकामना ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु ।


८ चैत, सुर्खेत । नेपालगन्जबाट दैलेख जाँदै गरेको मनकामना ग्यास बोकेको भे १ क २२०१ नम्बरको ट्रक दुर्घटना हुँदा सवारी चालक अन्दाजी ३० वर्षीय कृष्ण चौधरी , सवार २५ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरी गरि ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

भे १ क २२०१ नम्बरको उक्त ट्रक  सडकबाट करिब १५० मिटर तल खसी गुराँस गाउँपालिका – ४ तालपोखरी नजिक दुर्घटना भएको थियो ।

मृतकको हालसम्म ठेगाना खुल्न नसकेको कुरा प्रहरीले बताएको छ ।

चैत्र ८, २०७९ मा प्रकाशित

177 views

प्रतिक्रिया

मुख्य समाचार