
चितवन, १६ असार
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाको निष्ठा र मर्यादालाई मननगरी बद्लिदो परिवेश तथा चुनौतिलाई सामना गर्न आफ्नो जिम्मेवारी र उत्तरदायित्वप्रति कटिवद्ध भई निष्पक्षरूपमा नागरिक सेवामा लाग्नुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा कार्यरत प्रहरी कर्मचारीहरू लगायत सम्पूर्ण प्रशिक्षकहरूलाई शनिबार निर्देशन दिँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । प्रहरी कर्मचारीहरूमा निहित सिप र अनुभव तथा जिम्मेवारीलाई गुणस्तरिय रूपमा सम्पादन गर्दा नै संगठनको श्रीबृद्धि हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो,‘व्यावसायिक स्वार्थका लागि निष्ठा, दृढता र सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्नेआजको आवश्यकता र नागरिक चाहना पनि हो ।’
नेपाल प्रहरीका प्रशिक्षण प्रदायकसंस्थाहरुले नव आगन्तुकहरुलाई असल र व्यावसायिक संस्कार र दृष्टिकोण प्रदान गर्नका लागि हरेक कमाण्डर सबै भन्दा पहिले आफै नमूनाको रूपमा प्रस्तुत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । आन्तरिक शुद्धिकरणमा शून्यसहनशिलताको नीतिलाई अंगिकार गर्दै जनमुखी रव्यवसायिक दक्षता हासिल गर्नेतर्फ सबै प्रहरी कर्मचारीहरू अग्रसर हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले धन्यवादज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक निशान थापाले शिक्षालयको विविध पक्ष समेटिएको प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शिक्षालय परिसरमा वृक्षरोपण समेत गर्नुभएको थियो ।
यसैगरी प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शनिबार जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण भम्रण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरीकर्मचारीहरू एवम् मातहत ईकाइ प्रमुखहरूलाई समसामहिक बिषयमा आवश्यक निर्देशन
दिनुभयो ।
असार १६, २०८० मा प्रकाशित