
असार ३०, जुम्ला- जुम्लाको पातारासी गाउँपालिका–२ दुगडा पाटनमा असार १० गते को चट्याङ लागेर ५० वटा भेडाबाख्रा मरेका थिए ।
पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाका अनुसार जेठ २८ गते दिउँसो २ बजेको समयमा भएको उक्त घटनामा ४२ वटा बाख्रा र आठवटा भेडा मरेका थिए । पातारासी गाउँपालिकाका भेटेरिनरी शाखा प्रमुख गगन केसीले यो संख्या पुष्टि गरेका छन् । गाउँपालिकाका कृष्ण ऐडी र मिमबहादुर बोहोराको पशुचौपाया प्रभावित भएको हो ।
जुम्लामा भेडापालनका लागि पातारासी प्राथमिक स्थानका रुपमा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ । तर, पाटन र खर्कमा पर्याप्त भेडागोठ नहुँदा चुनौती थपिएको छ । चट्याङका कारण भेडाबाख्रा मरेपछि प्रभावित परिवारलाइ आफ्नो खर्च धान्न मुस्किल परेको छ । किसान बोहोराले घर खर्च देखि छोराछोरीको पढाइसम्मकालागि यो पेसा नै आफूहरुको आम्दानीको मुख्य स्रोत भएको बताए । यस घटनाबारे सम्बन्धित अधिकारीहरूलाई सूचित गरिएको छ, साथै सहायता, राहत र क्षतिपूर्तिको लागि अपील गरिएको छ।
पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाले स्थानीय तहले सहयोग गर्ने आश्वासन दिएकी छन् ।
असार ३०, २०८० मा प्रकाशित