मंसापुरमा युवकको शव भेटियो   


राजविराज, १२ साउन     
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ मंसापुरमा आज एक युवकको शव भेटिएको छ ।    
    
हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वाका २२ वर्षीय तीर्थनारायण मण्डलको शव भेटिएको हो । यस्तै हनुमानगर कंकालिनी–१० कै अजय मण्डल गम्भीर घाइते अवस्थामा भेटिएका छन् । उनलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको छ ।    
    
प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । प्रहरी टोली घटनास्थलमा पुगेको छ ।    
–––  

साउन १२, २०८० मा प्रकाशित

109 views

प्रतिक्रिया

मुख्य समाचार