धान रोपाइँ गर्न दमकल प्रयोग l   


पर्सा, १६ साउन

रोपाइँको गीत गञ्जिने बेला पर्साका खेतमा जताततै दमकल भेटिन्छन् । साउनको दोस्रो साता बित्दासमेत पानी नपरेपछि रोपाइँका लागि दमकलको घर पर्नुपरेको हो ।    
    
 किसानले खेतमा पानी लगाउन दमकलको चर्को मूल्य तिर्न बाध्य छन् । रोपिएको धान पनि हुन्छ की हँुदैन भनेर किसान चिन्तित छन् । डिजलबाट चल्ने दमकलको भाडा प्रतिघण्टा रु चार सय तथा बिजुलीबाट चल्नेको मूल्य प्रति घण्टा रु तीन तिर्नु परिरहेको पोखरिया–४ का सन्तोषप्रसाद चौहानले जानकारी दिनुभयो ।    
    
 गण्डक नहरमा पानी छैन । स्थानिय तहले कुलो सफा नगर्दा किसान मारमा छन् । उनीहरु दमकलको भरमा खेतमा पानी हाल्न बाध्य छन् । “आकासे पानी अभावमा रोपाइँ गर्न ढिला हुँदा यसवर्ष बाली उत्पादन घट्ने अवस्था छ”, पर्साको जगतपुरका सुरेशप्रसाद पटेलले भन्नुभयो । गत वर्ष पानीको सुविधा भए पनि मल उपलब्ध नगराउँदा समस्या भएको थियो । यसवर्ष सरकारले बेलैमा मल उपलब्ध गराए पनि वर्षा नहँुदा किसानलाई समस्या भएको छ ।    
    
 पर्सामा साउनको दोस्रो साता वित्दा समेत ५० प्रशित मात्र धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्रका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिनुभयो । ग्रामीण भेगमा आकासे पानी नपरेकाले रोपाइँ गर्न ढिला भएको र उत्पादनमा कमी आउने उहाँले बताउनुभयो ।    
–––  

साउन १६, २०८० मा प्रकाशित

138 views

प्रतिक्रिया

मुख्य समाचार