दक्षिण पश्चिम पाकिस्तानमा गोली चल्दा चार जनाको मृत्यु   l


इस्लामावाद, १८ साउन  
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बुधबार राति दुई समूहबीच गोली हानाहान हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।    
    
 सो घटना प्रान्तीय राजधानी क्वेटामा भएको थियो । दुई समूहका सदस्यहरू बीचको मौखिक झगडा उग्र बन्दै जाँदा उनीहरूले एकअर्का माथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।    
    
 जग्गा विवादमा झडप भएका दुवै समूह शहरका प्रभावशाली परिवारका सदस्यहरी रहेको बुझिएको छ । गोली हानाहानमा कैयौँ व्यक्ति घाइते भएका थिए । घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । थप अनुसन्धानका लागि प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ ।    
–––  

साउन १८, २०८० मा प्रकाशित

141 views

प्रतिक्रिया

मुख्य समाचार