राष्ट्रिय सुन्ताला जात अनुसन्धान कार्यक्रम ः तेइस वर्षमा छ अनुसन्धान   


धनकुटा, २६ साउन   
नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय सुन्ताला जात अनुसन्धान कार्यक्रम धनकुटाले छवटा अमिलो जातको अनुसन्धान पूरा गरेको छ । सम्पूर्ण अमिलो फलफूलको अनुसन्धान सुरुआत गरेको २३ वर्षमो ती अनुसन्धान पूरा गरेको हो ।    
    
 विसं २०१८ मा धनकुटा नगरपालिकाको वडा नं १० पारिपात्लेमा सुन्तला बाली अनुसनधान केन्द्रका रूपमा स्थापित सो केन्द्रलाई २०५७ सालपछि सम्पूर्ण अमिलो जात फलफूलको अनुसन्धानको जिम्मा दिइएको थियो । केन्द्रले हालसम्म तीन ÷तीन सुन्तला र कागतीको अनुसन्धान पूरा गरेर खेतीका लागि सिफारिस गरेको कार्यालयका प्रमुख डा उमेश आचार्यले जानकारी दिनुभयो ।    
    
 यी सुन्तला र कागती यसअघि नै किसानले पारम्परिकरूपमा व्यावसायिक खेती गर्दै आए पनि विभिन्न अनुसन्धानपछि अनुसन्धानले आधिकारिकरूपमा भौगालिक आधार तोकेर खेतीका लागि सिफारिस गरेको हो । सिफारिस गरिएका जातको व्यावसायिक खेती गर्दा बैंकिङ कर्जा, बाली बीमा, अनुदानजस्ता सेवा–सुविधा लिन किसानलाई सहज हुने उहाँले जानकारी दिनुभयो ।    
    
 कार्यालयले विसं २०७२ मा एक सय मिटरदेखि एक हजार मिटर उचाइसम्म तराई क्षेत्रका लागि ‘सुन कागती १’ र ‘सुन कागती २’ को अनुसन्धान पूरा गरेको थियो । त्यस्तै कार्यालयले विसं २०७५ मा एक हजारदेखि एक हजार छ सय मिटर उचाइसम्मका लागि ‘तेह्रथुम स्थानीय’ कागतीको अनुसन्धान पूरा गरेको थियो ।    
    
 यसै वर्ष सोही उचाइका लागि खोकू सुन्तलाको अनुसन्धान पूरा गरेको कार्यालयले गत वर्ष यसै उचाइमा खेती गर्न गण्डकी प्रदेशका लागि ‘बाँस खर्क स्थानीय’ सुन्तलाको अनुसन्धान पूरा गरेको छ । त्यस्तै यो वर्ष कार्यालयले आठ सयदेखि एक हजार चार सय मिटरसम्म खेती गर्नका लागि पात्ले अगौटे जात सुन्तलाको अनसुन्धान पूरा गरेको छ ।    

साउन २६, २०८० मा प्रकाशित

159 views

प्रतिक्रिया

मुख्य समाचार