मोटरसाइकल दुर्घटनामा एक जनाको  मृत्यु


तनहुँ, २२ भदौ :  म्याग्दे गाउँपालिका-५ थाङदीस्थित सडकमा ग.१६ प ५९६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार भिमाद नगरपालिका-४ नरीकोट बस्ने ३३ वर्षीया कमला रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिपि कोईराला श्वास प्रश्वाश केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।  

भदौ २२, २०८० मा प्रकाशित

163 views

प्रतिक्रिया

मुख्य समाचार