श्रीलङ्कामा भारी बर्षाका कारण एकहत्तर हजारभन्दा बढी प्रभावित


कोलम्बो २२ असोज (रासस/सिन्ह्वा) : श्रीलङ्कामा भारी बर्षाका कारण विभिन्न १३ जिल्लामा गरी ७१ हजारभन्दा बढी मानिसहरू प्रभावित भएको विपत ब्यवस्थापन केन्द्रले जनाएको छ ।    
    
बाढीपहिरोका कारण तीन जनाको मृत्यु भएको समेत केन्द्रले जनाएको छ । दक्षिण पश्चिममा बढ्दो मनसुनको सक्रियताका कारण भारी बर्षा भएको केन्द्रले जनाएको छ । राष्ट्रिय भवन अनुसन्धान सङ्गठनका अनुसार बर्षाका कारण पहिरो जानसक्ने चेतावनीसम्बन्धी सूचनाको म्याद थप गरिएको छ ।    
    
यसैबीच, आगामी ४८ घण्टामा पश्चिमी र दक्षिणी प्रदेशमा बर्षाको सम्भावना कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।    
---  

अशोज २२, २०८० मा प्रकाशित

219 views

प्रतिक्रिया

मुख्य समाचार