पाकिस्तानी र अफगान सेनाबीच झडप


काठमाडौं । पाकिस्तानी सेना र अफगान सेनाबीच भएको झडपमा परी चार जनाको मृत्यु भएको छ । टोलो न्यूजका अनुसार शनिबार पाकिस्तानी सीमा गार्ड र अफगान शासक तालिबानबीच डुरान्ड लाइनमा भिडन्त हुँदा उनीहरुको मृत्यु भएको हो ।

टोलो न्यूजका अनुसार स्थानीय स्रोतहरूलाई उद्धृत गर्दै भन्यो, ुगत वर्ष छिटपुट झडप पछि अफगानिस्तानको कुनार प्रान्तको सीमामा तालिबान र पाकिस्तानी सेनाबीच झडपको नयाँ घटना प्रकाशमा आएको हो ।ु पाकिस्तानी सेनाले सीमा उल्लङ्घन गरेपछि झडप सुरु भएको थियो । त्यसपछि पाकिस्तानी सेनाले कुनार प्रान्तमा तालिबान पोष्टहरूमा गोली चलाएको थियो। यी झडपमा कम्तीमा चार जनाको मृत्यु भएको र ६ जना घाइते भएको बताइएको छ ।

गत बिहीबार पाकिस्तानले इरानको सिस्तान–बलुचिस्तान प्रान्तमा ‘आतंकवादी लुकेका ठाउँहरू’ मा ड्रोन र मिसाइलले सैन्य आक्रमण गरेको थियो, जसमा नौ जनाको मृत्यु भएको थियो। इरानले पाकिस्तानको अशान्त बलुचिस्तान प्रान्तमा सुन्नी बलुच आतंककारी समूह जैश अल अदललाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण गरेको दुई दिनपछि यो आक्रमण भएको हो।

माघ ७, २०८० मा प्रकाशित

113 views

प्रतिक्रिया

मुख्य समाचार