
काठमाडौं । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई कामकाज नगर्न नगराउन अन्तरिम आदेश भएको छ ।
उच्च अदालत पाटनले इजलासले यसअघि पशुपति विकास क्षेत्रमा नियुक्ति गरिएकी पुनलाई तत्काल कामकाज नगर्न गराउन अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले उनको नियुक्ती तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
योग्यता र मापदण्ड नपुगेको व्यक्तिलाई नियुक्त गरिएको भन्दै भरत मरासिनीले २६ पुसमा कार्यकारी निर्देशक पुन विरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।
माघ ८, २०८० मा प्रकाशित