
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भाग नलिने भएका छन् ।
स्वतन्त्र रुपमा महानगरको मेयर पदमा निर्वाचित भएका बालेन शाह कार्य व्यवस्थाका कारण मतदान गर्न नगएका उनका स्वकीय भूपदेव शाहले बताए ।
राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशको तर्फबाट राजधानी हेटौंडामा मतदान भइरहेको छ ।तर, उपप्रमुख सुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगेकी छन् ।
माघ ११, २०८० मा प्रकाशित