बूढानीलकण्ठमा र वृत्ति मार्गदर्शन तथा रोजगार मेला सुरु


काठमाडा्रै । बूढानीलकण्ठ नगरपालिकामा वृत्ति मार्गदर्शन तथा रोजगार मेला सुरु भएको छ । बूढानीलकण्ठ नगरपालिकाको आयोजना तथा स्वीस सरकार हेल्भाटस नेपालको प्राविधिक सहयोगमा नगरपालिकाको आफ्नै प्रांगणमा सो तालिम सुरु भएको हो । मेला भोलि आर्थात् शुक्रबारसम्म चल्नेछ । मेलामा रोजगारदाता, तालिम प्रदायक संस्था, विद्यालय, क्याम्पस, उद्यमी व्यवसायीलगायत करिब ४१ वटा स्टल रहेका छन् ।
मेलामा सीप सिकेर रोजगारको बजारमा जान सक्ने र रोजगारको अवसर प्राप्त गर्न सक्ने उनको भनाइ छ ।

‘यो मेला बूढानीलकण्ठ नगरपालिकाको तेस्रो संस्करणको मेला हो । यो मेलामा यस वर्ष हामीले हजारौँको संख्यामा उपस्थित हुने लक्ष्य राखेका छौँ । अघिल्ला वर्षहरुमा पनि यस खालको मेला भएको र एकदमै सफल भएको थियो । विद्यमान परिस्थितिमा रोजगारी समस्या मुलुकको सबैभन्दा ठूलो समस्या हो,’ उनले भने ।

मेलामा मार्केटको माग र अवसरबारे पनि मेलामा जानकारी हुने प्रवक्ता भट्टराईले बताए ।

माघ ११, २०८० मा प्रकाशित

155 views

प्रतिक्रिया

मुख्य समाचार