
काठमाडौं । स्थानीय तहको दोस्रो निर्वाचन २०७९ पछि काठमाडौं महानगरपालिका वडा नम्बर १३ ले आफ्नो अधिकारका करिब चार दर्जनभन्दा बढी भौतिक निर्माणका कार्य सम्पन्न गरेको छ ।
यो डेढ वर्षको अवधिमा वडाले विभिन्न ठाउँमा सडक बत्ति जडान, भवन मर्मत, टंकेश्वरमा श्री गणेश मन्दिरको पुनर्निर्माण, भीमुक्तेश्वरमा रिटेलिङ वाल निर्माण, चंख्खु क्लोनीमार्गमा आरसीसी तथा ढुंगा छपाइ कार्यक्रम सम्पन्न, विजयमार्गमा ढुंगा छपाइ, कखुसीमा ब्लक छपाइ, विभिन्न ठाउँमा ढल मर्मत, शिवशक्ति गल्ली मर्मत तथा ढल राख्ने काम सम्पन्न, आमा घरमा ब्लग मर्मत, मममती खोलामा ढल मर्मत, मनमती खोलामा ढल मर्मत, बाफल चोकदेखि गणेश मन्दिरसम्म नयाँ ढल बनाउने कार्य सम्पन्न भएको छ ।
जहाँ लामो समयदेखि ढलको कार्य हुँदै भएको थिएन । छिन्नलता मार्गको स्तरोन्नति तथा ब्लक विछ्याइएको, नारायण पम्प जाने बाटो ढल निर्माण तथा गलको गणेश मन्दिर पुनः निर्माण, कङ्चो विनायक मार्गमा इँटा छपाइ तथा मर्मत, मदन भण्डारी स्मृति उद्धान पार्क निर्माण, चङ्गुपाखा (वडा नम्बर १३ र १४ को सीमामा पर्ने खोलाको पुल निर्माण तथा ढलान, व्यवसाय गल्ली ब्लक मर्मत, संघर्ष गल्ली र गाइबाछा पाटीतर्फ ढल ब्लक राख्ने, धौखेलमा ढुंगा छाप्ने कार्य, अष्टसिद्धि गल्ली मर्मत, दुवे गैह्रो मास्टर मार्गमा ढल निर्माण, शिव पञ्चायन मार्गमा गाईबाछा पाटी चोक रजनिस आश्रम पछाडि ढल र ब्लक राख्ने तथा अन्य कार्य सम्पन्न, नीलबराही विद्याल क्षेत्र वरपर बाटो मर्मत र ढुंगा छाप्ने कार्य, छाउने ब्यारेकस्थित बेला स्कुल ढल सरसफाइ कार्य सम्पन्न, ताहचाल मार्गको गणेश मन्दिर निर्माणजस्ता भौतिक पूर्वाधारका कार्य सम्पन्न भएका छन् ।
ताहचाल मार्गको गणेश मन्दिर परिषरको मनमती मार्ग १ मा सिमेन्टको ब्लक राख्ने र ढल मर्मत गर्ने कार्य सम्पन्न भएको छ । त्यसैगरी, भीमसेन थापा मार्ग मूलद्वार तर्फ आरसीसी ढलान गर्ने कार्य र बाटो मर्मत गर्ने कार्य सम्पन्न भएको छ । यस्तै, ताहचाल म्यूजियम मार्गमा पनि ब्लक छाप्ने कार्य सम्पन्न भएको छ ।
यो अवधिमा बाहिटी मार्गमा ढलको स्तरोन्ति गर्ने काम भएको छ । यज्ञश्वर मन्दिर परिषरमा ब्लग छाप्ने कार्य सम्पन्न भएको छ । सोल्टी होटल पछाडितर्फ ब्लग छाप्ने कार्य सम्पन्न भएको छ । यस्तै भीमसेन थापा मार्गबाट दूरसञ्चार मार्गको स्तरोन्नित सम्पन्न भएको छ ।
इन्द्रेणी टोलमा ढल सुधार, ककन्चो विनायक मार्ग र म्यूजियम मार्गमा ब्लग छाप्ने कार्य सम्पन्न, शान्ति दीप मार्ग र यज्ञेश्वर मार्गमा ब्लग फेर्ने कार्य सम्पन्न, मेघदूतभन्दा पछाडिको बाटो मर्मत, किचन्दो मार्गमा ढल मर्मत, भीम मुक्तेश्वर मार्ग, बाफल मार्ग, जनप्रभात मार्गमा ब्लक बिछ्याउने कार्य सम्पन्न, द्यौखेल ब्याडमिन्टन भवनमा रंगरोगन गरिएको छ । शिव पञ्चायत मन्दिर छाउनी योग हाउस शौचालय बनाउने कार्य सम्पन्न भएको छ ।
यो अवधिमा वडाले सीपमूलक विभिन्न तालिम सञ्चालन गरेको छ । वडामा खेतीयोग्य जमिन नभएकाले कौशी खेतीका लागि तालिम सञ्चालन गरी मल बनाउने भाडाहरु वितरण गरेको छ । वडाध्यक्ष धु्रव मानन्धरका अनुसार यो अवधिमा वडाले आवश्यकताका आधारमा ब्यूटिसियन तालिम, कौशी खेती र बेकरी निर्माणलगात तालिम समपन्न भएका छन् । त्यसैगरी आगामी दिनमा यस खालका तालिमहरु सञ्चालन गर्दै जाने उनले बताए ।
‘वडाले सीपमूलक कार्यक्रम अन्तर्गत ब्यूटिपार्लर ट्रेनिङ सञ्चालन गरेको छ । जसमा ३९ जना महिला दिदी बहिनी सहभागी भई लाभ उठाएका छन् । यस्तै, कोशीमा रखेको खाली ठाउँलाई उपयोग गर्ने उद्देश्यले वडाले कौशी खेतीसम्बन्धी तालिम पनि सञ्चालन गरेको छ । साथसाथै मल बनाउनका लागि ५० वटा मल बनाउने भाडा पनि वितरण गरिएको छ । वडाले वडामा रहेका युवहरुलाई लक्षित गरी बेकरी तालिम पनि सञ्चालन गरेको छ,’ उनले भने ।
वडाले भौतिक पूर्वाधारको क्षेत्रमा मात्रै नभएर आम जनताको हितलाई मध्यनजर राखेर बेलाबेला स्वास्थ्यसम्बन्धी शिविर पनि सञ्चालन हुँदै आएको उनले बताए । उनका अनुसार यो अवधिमा डेङ्गु रोकथामका लागि अभियान सञ्चालन, आँखा तथा कान, नक घाटीसम्बन्धी शिविर सञ्चालन भएका छन् ।
शिक्षा क्षेत्रको वृद्धिका लागि विद्यालयको गुणस्तरमा पनि यस वडाले विशेष ध्यान दिँदै आएको वडाध्यक्ष मानन्धरले बताए । उनका अनुसार वडा नम्बर १३ ले विद्यार्थीको मनोभावना वृद्धिका लागि प्लस टु तथा एसईई पास हुनेहरुलाई सम्मान गर्ने गरेको छ । शिक्षा क्षेत्रको उन्नयनका लागि आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने उनले बताए ।
यस्तै, वडाले खेलकुदलाई पनि प्राथमिकतामा राखेको उनको भनाइ छ । वडाले केही समयअघि मात्रै फुटसल खेलाडीलाई सम्मान गरेको उनले जानकारी दिए ।
वडामा हाल गणेश मन्दिरमा पार्क निर्माण कार्य भइरहेको छ । यस्तै, विष्णुमति नदीको वाललाई अझ बढाइएको छ । बागमती नदी सभ्यताले बनाएको वाल होचो भई पानी बस्तीमा पस्ने भएकाले सो वाल वडाले अग्लो बनाएको वडाध्यक्ष ध्रुवनारायण मानन्धरले ले जानकारी दिए । यसैगरी, गौतम मार्गमा ढल विछ्याउने र खोला सफाइ कार्य भइरहेको छ ।
वडाले आगामी योजनाका रुपमा बुद्धपार्कमा मूर्ति निर्माण तथा प्रतिमासहित पुननिर्माणको योजना अघि सारेको छ । यस्तै, जीवनस्मृति पार्क पुनर्निर्माण, सत्यमोहन जोशीको प्रतीमासहित बगैँचा निर्माण, सार्वजनिक स्थानमा बत्ती थप गर्ने योजना अघि सारेको छ । वडाले यसभन्दा अघि पनि सार्वजनिक स्थानमा बत्ती लगाउँदै आएको छ ।
माघ १२, २०८० मा प्रकाशित