
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामाले नगरअस्पतालमा भइरहेको बताएकी छन् ।
प्यारालाइसेस, ढाड, घुँडा दुख्ने बिरामीलक्षित गरी निःशुल्क फिजियोथेरापी सञ्चालन गरिएको उनले जानकारी दिइन् ।
यही माघ ९ गतेबाट सुरु भएको निःशुल्क फिजियोथेरापी सेवा तीन महिनासम्म सञ्चालन हुनेछ । बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म यो सेवा सञ्चालन हुने उपप्रमुख लामाले बताइन् ।
‘गोकर्णेश्वर नगरपालिकाअन्तर्गत गोकर्णेश्वर नगर अस्पतालमा मिति २०८०/१०/०९ गतेदेखि हरेक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म फिजियोथेरापी सेवा सञ्चालन हुन्छ,’ उनले भनिन् ।
साथै, उनले सेवाग्राहीहरुलाई सेवा लिनका लागि आग्रहसमेत गरिन् ।
माघ १२, २०८० मा प्रकाशित