नेकपा एमाले टोखाका ४ वडामा अधिवेशन सम्पन्न, नेतृत्वमा युवाको बाहुल्यता


काठमाडौं । नेकपा एमाले टोखा नगर कमिटीले चार वटा वडामा अधिवेशन सम्पन्न गरेको छ । नेकपा एमाले टोखा नगर कमिटीले यही माघ १३ गते ७, ८, ९ र ११ नम्बर वडामा अधिवेशन सम्पन्न गरेको हो ।

नेकपा एमाले टोखा नगर कमिटीका अध्यक्ष सत्यनाराण डंगोलले बाँकी वडाका अधिवेशन माघभित्रै सक्ने जानकरी दिए ।

उनले भने, ‘ नेकपा एमालेको बागमती प्रदेश कमिटीको अधिवेशन भएको छ । अब काठमाडौं जिल्लाको अधिवशेन हुन्छ । त्यसपछि नगरको हुनेछ । अहिले वडा कमिटीका अधिवेशन भइरहेका छन् । पार्टीको वार्षिक कार्ययोजनाअनुरुप नै हामी यही माघ महिनाभित्र वडामा अधिवेशन सक्नेछौँ ।’

डंगोलका अनुसार वडा नम्बर १ र ६ मा माघ २६ गते, वडा नम्बर २ र ३, ४ र ५ मा २७ गते नै वडा अधिवेशन हुँदैछन् । अधिवेशन सम्पन्न भएका चार वटा वडामध्ये ३ वटा वडामा युवाले नेतृत्व सम्हालेका छन् ।

वडा नम्बर ७ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा वडा अधिवेशन सम्पन्न भएको छ । वडा नम्बर ८मा स्थायी कमिटी सदस्य राजन भट्टराईको प्रमुख आतिथ्यमा वडा अधिवेशन सम्पन्न भएको छ । त्यहाँ पनि युवा नेतृत्वको रुपमा शुशीला लोहनी चयन भएकी छन् वडा नम्बर ९ मा पोलिटब्यूरो सदस्य आनन्द पोखरेलको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको छ । सो वडामा नवीन महर्जन चयन भएका छन् । वडा नम्बर ११ मा केशव पाण्डेको प्रमुख आथित्यमा निर्वाचन सम्पन्न भएको हो । यो वडामा गणेश दाहाल नेत्वमा चयन भएका छन् ।

माघ १६, २०८० मा प्रकाशित

336 views

प्रतिक्रिया

मुख्य समाचार