
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय हुने भएको छ ।
मंगलबार रावलपिंडीको विशेष अदालतका न्यायाधीशले अदियाला जेलमा खानलाई १० वर्षको जेल सजाय सुनाइएको हो ।
न्यायाधीश अबुल हसनत जुल्करनैनले इमरान र कुरैशीको उपस्थितिमा साइबर क्राइममा सो मुद्दा सुनाएका हुन् । गत वर्षदेखि अदियाला कारागारमा मुद्दाको सुनुवाइ चलिरहेको थियो । सुनुवाइको क्रममा न्यायाधीश जुल्कारनैनले पीटीआई नेताहरूलाई आफ्ना वकिलहरू अदालतमा उपस्थित नभएको र उनीहरूलाई सरकारी वकिलहरू दिइएको बताए।
अदालतले कुरैशी र इमरानलाई धारा ३४२ अन्तर्गतका प्रश्नहरू सोधेको थियो। यद्धपि, कुरैशीले आफ्नो वकिल उपस्थित नभएकाले आफ्नो बयान रेकर्ड गर्न नसकेको बताए । पाकिस्तानमा फेब्रुअरी ८मा निर्वाचन हुँदैछ । यस्तो अवस्थामा करिब एक साताअघि लिइएको यो निर्णय इमरानको राजनीतिक करियरका लागि खतरनाक हुनसक्छ ।
माघ १६, २०८० मा प्रकाशित