क्यासिनोबाट एक करोडसहित तीनजना पक्राउ


काठमाडौं । अन्नपूर्ण होटलको क्यासिनोबाट करिब एक करोड रूपैयाँसहित तीनजना पक्राउ परेका छन् ।

बरामद रकममध्ये धेरै विदेशी मुद्रा रहेको बताइएको छ ।

उनीहरू अनलाइन जुवा खुलाउन संलग्न रहेको बताएपनि प्रहरीले थप खुलाएको छैन । यही प्रकरणमा अरु पनि पक्राउ पर्ने सक्ने भन्दै प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।
काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

माघ १९, २०८० मा प्रकाशित

132 views

प्रतिक्रिया

मुख्य समाचार