समाजसेवी चौलागाईंद्वारा स्वर्गीय पिताको स्मरणमा आधुनिक पानी प्रशोधन प्लान्ट सहयोग


काठमाडौं । समाजसेवी लायन गोविन्द तथा जयन्ती चौलागाईले स्वर्गीय पिता अविनारायण चौलागाईको स्मृतिमा पानी प्रसोधन प्लान्ट सहयोग सहयोग गरेका छन्।

चौलागाईंले आफ्ना पिताको स्मृतिमा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको न्यु सेडललाई ३०० लिटर प्रतिघण्टा क्षमताको आधुनिक प्रविधिको सो प्लान्ट सहयोग गरेका हुन् ।

लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ इ का गभर्नर हरी दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ३ सय लिटर पानी प्रसोधन गर्न सक्ने करिव ३ लाख ५० हजार लागतमा स्थापना भएको प्लान्ट हस्तान्तरण गरिएको थियो।

सो कार्यक्रममा इमिडीएट पास्ट डिस्ट्रिक गभर्नर कर्म गुरुङ,पास्ट डिस्ट्रिक गभर्नर टंक बहादुर श्रेष्ठ ,सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर हिरा प्रसाद गुप्ता ,क्याबिनेट ट्रेजरर रेणु श्रेष्ठ ,चिफ एड्भाइजर शान्ता थापा,ट्रेनिङ पुल चिफ श्याम कुमार यादव , एमजे एफ चिफ बिष्णु खड्का ,एरिया कोअर्डिनेटर सूर्य बहादुर तामाङ ,जोन चेयर पर्सन बिनु थापा र अजय खनाल ,लायन्स क्लवका अध्यक्ष बिष्णु बहादुर बस्नेत ,लायन्स क्लव अफ सिन्धुपाल्चोककी अध्यक्ष रमिला तिम्सिना लगायतको उपस्थिति रहेको थियो।
यस्तै, चौलागाईंले समाजसेवी लायन गोविन्द तथा जयन्ती चौलागाईंका छोरा प्रज्वल तथा छोरी प्रनिशाको जन्मदिनको अवसर पारेर संस्थाका जेष्ठ नागरिकहरुलाई भोजन तथा न्यानो कपडा गरिएको छ ।

सो संस्थामा रहेका कुष्ठ तथा पोलियो रोगीहरुलाई सुद्ध खानेपानीको सुविधा उपलव्ध गराउनका लागि अत्याधुनिक प्रविधिसहितको प्लान्ट स्थापना गरिएको जानकारी दिदै लायन गोविन्द चौलागाईले सहयोगी सबैलाई धन्यवाद दिएका थिए।

माघ २६, २०८० मा प्रकाशित

157 views

प्रतिक्रिया

मुख्य समाचार