सुर्खेतको रातानाङ्लामा जीप दुर्घटना, चार जनाको मृत्यु   


सुर्खेत, १७ जेठ: सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्ला नजिक दुर्घटन हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । बिहीबार बिहान भे१च २५६० नम्बरको जीप दुर्घटना भएको हो ।    
    
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाग्रस्त जीपमा छ जना सवार थिए । दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।    

जेष्ठ १७, २०८१ मा प्रकाशित

108 views

प्रतिक्रिया

मुख्य समाचार