नेपालको वेर्सेस श्रीलंका

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

3 views

काठमाडौं ८ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार सार्वजनिक गरेको खेल तालिकाअनुसार पुरुषतर्फ पाँच देश सहभागी क्रिकेटमा नेपालले पहिलो खेल मंसिर १७ गते श्रीलंकासँग खेल्ने भएको हो। नेपालले दोस्रो खेल मंसिर १९ गते भुटान, २० गते माल्दिभ्स र २१ गते बंगलादेशसँग खेल्नेछ। राउन्ड रोविन लिगका आधारमा खेलाइने खेलमा शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ। पुरुष क्रिकेट टीयू मैदान कीर्तिपुरमा हुनेछ। साग क्रिकेटमा विश्व क्रिकेटकै बलिया टोली भारत र पाकिस्तानले भाग लिएका छैनन्। यसैगरी क्यानले पोखरामा हुने साग महिला क्रिकेटको खेल तालिका पनि सार्वजनिक गरेको छ। चार देश सहभागी महिला क्रिकेटमा नेपालले पहिलो खेल मंसिर १६ गते माल्दिभ्ससँग खेल्नेछ। नेपालले दोस्रो खेल १८ गते बंगलादेश र २० गते श्रीलंकासँग खेल्नेछ। राउन्ड रोविन लिगका आधारमा खेलिने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल खेल्नेछन्। महिलामा भारत, पाकिस्तान र भुटानले भाग लिएका छैनन्। सागमा आठ वर्षपछि क्रिकेट खेलले प्रवेश पाएको हो। साग क्रिकेटका लागि क्यानले पुरुषतर्फ ज्ञानेन्द्र मल्ल र महिलामा रुविना क्षत्रीको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा गरिसकेको छ। पुरुष खेलाडीमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुशन भारी, आरिफ शेख, अविनाश बोहरा, कुशल भुर्तेल र रासिद खान छन्। वैकल्पिक खेलाडीमा रोहितकुमार पौडेल, भीम सार्की र सागर ढकाल छन्। यसैगरी महिलातर्फ रुविना क्षत्री, सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अञ्जली चन्द, सरिता मगर, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट र कविता कँुवर छन्। वैकल्पिक खेलाडीमा ज्योति पाण्डे, संगीता राई र अस्मिना कर्माचार्य रहेका छन्।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.