सागका पदक विजेतालाई प्रधानमन्त्रीले बालुवाटार बोलाए

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

15 views

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकूदमा पदक जित्ने खेलाडीलाई बुधबार प्रभानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्ने भएका छन् ।  सम्मानका लागि पदक विजेतालाई प्रधानमन्त्रीले बालुवाटार बोलाएका छन् । सम्मानका लागि खेलाडी तथा प्रशिक्षकलाई बुधबार दिउँसो सबा २ बजे बालुवाटार बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । मंगलाबार साँझ डायलासिसका लागि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहर कार्डियो गएका प्रधानमन्त्री ओली मंगलार राति नै बालुवाटार फर्किएको प्रधानमन्त्री सचिवालयका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए। म‌ंगलबार सम्पन्न  १३औं दक्षिण एसियाली खेलकूदमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी कूल २०६ पदक जितेको छ । सन १९९८ मा नेपालमा भएको ८औं सागपछि नेपाल १३औं सागमा दोस्रो स्थान हासिल गर्न सफल भएको हो । ८औं सागमा दोस्रो हुँदा नेपालले ३१ स्वर्ण जितेको थियो।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.