डेभिड सिल्भा इंग्लिस क्लब सिटी छाडेर फर्किए स्पेन

६ वर्ष अगाडि प्रकाशित
6 years अगाडि

13 views

म्यानचेस्टर सिटीसँगको सम्झौता सकिएका स्पेनिस मिडफिल्डर डेभिड सिल्भा रियल सोसिडाडमा आबद्ध भएका छन्। सिल्भा फ्रि–ट्रान्सफरमा सोसिडाडमा दुई वर्षका आबद्ध भएका हुन्। ३४ वर्षीय सिल्भाले इंग्लिस क्लब सिटीका लागि गत शनिबार अन्तिम खेल खेलेका थिए। च्याम्पियन्स लिगको क्वार्टरफाइनलको सो खेलमा सिटी फ्रेन्च क्लब लियोनसँग पराजित भएको थियो। सन् २०१० मा स्पेनिस क्लब भ्यालेन्सियबाट सिटीमा आएका उनले १० वर्षको दौरान सिटीबाट ४३६ खेल खेल्दा १४ वटा ट्रफी उचाले। इटालियन क्लब लाजियोले स्पेनिस राष्ट्रिय टिमका पूर्व खेलाडी सिल्भालाई तीन वर्षको सम्झौता गर्ने प्रस्ताव गरेको थियो। तर उनी फ्रि ट्रान्सफरमा सोसिडाडमा आबद्ध भए। सोसिडाड सिजनको ला लिगामा छैटौं भएको थियो। प्लेमेकर मार्टिन ओडेगार्डले क्लब छाडेपछि सोसिडाड नयाँ प्लेमेकरको खोजीमा थियो। २०२०–२१ को ला लिगा १२ सेप्टेम्बरबाट सुरू हुँदैछ। सिल्भाले प्रिमियर लिगमा मात्र सिटीका लागि ३०९ खेल खेले। जसमा उनले ६० गोल गरे। सिटीले २०१२, २०१४, २०१८ र २०१९ मा सिटीले प्रिमियर लिगको उपाधि जित्दा उनको महत्वपूर्ण योगदान दिए। यस्तै उनले प्रिमियर लिग बाहेक अन्य प्रतियोगितामा पनि उत्कृष्ट खेले। उनले दुई पटक एफए कप, पाँच लिग कप र तीन कम्युनिटी शिल्डको उपाधि उचाले। उनले सिटीका लागि सर्वाधिक युरोपियन खेल खेल्ने रेकर्ड बनाए। उनले एक दशकमा सिटीबाट ७० च्याम्पियन्स लिगका खेलमा प्रतिस्पर्धा गरे। स्पेनले २०१० को विश्वकप जित्दा तथा २००८ र २०१२ को युरो कप जित्दा उनी राष्ट्रिय टिममा थिए।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.