विश्वको सबैभन्दा परोपकारी खेलाडी रोनाल्डो

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

4 views

क्रिस्टियानो रोनाल्डोले जति आफ्नो खेलबाट चर्चा कमाईरहेका छन् त्यतिनै उनी सामाजिक कार्य गरेर चर्चित भईरहेका छन् । सन् २००४ मा हिन्द महासागरमा भुकम्प र सुनामी आएर आफ्नो परिवारका सबै मारिए पछि पोर्चुगलको फुटबल टिमको ७ नं. को जर्सी लाएको एक आठ बर्षिय इन्डोनेसियन बालक १९ दिन देखि अलपत्र परेको भिडियो टेलिभिजनमा प्रशारण भयो। यसपछि रोनाल्डो आफैँ त्यहा गएर पुननिर्माण तथा पुनस्थापनामा सहयोग गरे। बेलायतको द सन पत्रिकाले सन २००८ मा मानहानी गरेको अभियोगमा रोनाल्डोलाई तिरेका रकम उनले आफ्नो गृहनगर मदेइराको एक सामाजिक संस्थालाई दान दिए। सन २००९ मा आफ्नो आमाको क्यान्सर रोगको उपचार गरेर ज्यान बचाई दिएको मदेइराको अस्पताललाई अत्याधुनिक क्यान्सर उपचार केन्द्र उनले बनाउन १ लाख पाउण्ड दान दिए। सन २०१२ मा रोनाल्डो र उनका एजेण्टले क्यान्सरबाट पीडित एक नौ बर्षिय वालकको विषेश उपचारको सम्पूर्ण खर्च व्यहोरिदिए। सोही बर्षको नोभेम्बरमा गाजा देशका बालबालिकाको लागि विद्यालय खोल्न रकम जुटाउने उदेश्यले रोनाल्डोले आफूले सन २०११ मा जितेको गोल्डेन बुट १५ लाख युरोमा बिक्री गरे। डिसेम्बर मा उनी “स्वास्थ्यको लागि फिफा ११” मा सहभागी भएर बालबालिकामा लागुऔषध, एड्स, औलो, कुपोषण विरुद्द चेतना जगाउन लागि परे। सन २०१३ मा रोनाल्डो “सेभ द चिल्ड्रेन” को विश्व सत्भावना दूत भए, उनले बालबालिकाको भोकमरी र कुपोषण विरुद्ध काम गर्ने इच्छा देखाएका छन्। सोही बर्ष उनी ईन्डोनेसियाको सिमसारको बारेमा चेतना फैलाउने संस्थाको सत्भावना दूत बने। सन २०१४ मा रोनाल्डो “इबोला भाइरस विरुद्ध फिफा ११” अभियानमा ग्यारेथ बेल, डिडियर ड्रोग्बा जस्ता चर्चित खेलाडीहरू सँगै सहभागी भए। फिफा, अफ्रिकन फुटबल संघ, र स्वास्थ्य विज्ञहरूसँगको सहकार्यमा चलेको उक्त अभियानमा खेलाडीहरूले हामी मिलेर इबोलालाई जित्न सक्छौँ ू भन्ने नाराका साथ सो रोगका बारेमा जनचेतना जगाउने काम गरेका थिए । उनलाई सन २०१५ मा विश्वको सबैभन्दा परोपकारी खेलाडी घोषणा गरिएको थियो। रियल म्याड्रिडले सन २०१५ (१६ को च्याम्पियन्स लिग जितेपछि रोनाल्डोले पाएको सबै बोनस ९६ लाख युरो) परोपकारका लागि दान दिएका थिए । रोनाल्डोले नेपालमा भूकम्प आएको बेलामा पनि सहयोग गरेका थिए ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.