अस्मिता अब एस्टन भिल्लाबाट खेल्छिन् !

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

4 views

नेपाली मुलकी फुटबलर अस्मिता आले इङ्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लामा अनुबन्ध भएकी छन्। एस्टन भिल्लाको उमेर समूहको टिममा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको अस्मिताले शुक्रबार क्लबसँग औपचारिक सम्झौता गरेकी छिन्। १८ वर्षीया अस्मिता आठ बर्षको उमेरदेखि एस्टन भिल्लाको एकेडेमीमा आबद्ध भएकी थिइन्। ‘व्यवसायिक फुटबल खेल्ने मेरो सपना हो। सानैदेखि खेल्दै आएको क्लबमा व्यवसायिक रुपमा अनुबन्धित हुन पाउँदा खुशी लागेको छ। म अझै आत्मविश्वासी भएकी छु,’ सम्झौतापछि अस्मिताले भनेकी छन्। अस्मिता पूर्व गोर्खा सैनिक अमृत आलेकी छोरी हुन। अमृतको पुख्यौली घर तनँहु दमौली हो। बेलायतमै हुर्किएकी अस्मिता सोही क्लबको एकेडेमीबाट खेल्दै आएकी थिइन्। अस्मिताले इङल्यान्डको यू–१९ राष्ट्रिय महिला टोलीबाट खेलिसकेकी छिन्। उनले युइएफए वुमन्स यू–१९ च्याम्पियनसिप छनोट खेल पनि खेलेकी थिइन्।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.