फेला पर्‍यो पृथ्वी र सूर्यभन्दा पुरानो धुलोको कण

६ वर्ष अगाडि प्रकाशित
6 years अगाडि

12 views

पृथ्वीमा हाम्रो सौर्यमण्डलभन्दा पुरानो धुलोको कण पत्ता लागेको छ। वैज्ञानिकका अनुसार यो धुलोको कण जुन समयमा बन्यो त्यतिबेला सौर्यमण्डल र पृथ्वी अस्तित्वमा नै थिएन। आजभन्दा ५० वर्षअघि सन् १९६९ मा पृथ्वीमा एउटा उल्का पिण्ड खसेको थियो। उक्त उल्का पिण्डले कुनै विनाश गरेन। तर, त्यसले ब्रह्माण्डको एउटा अवशेषलाई पृथ्वीमा ल्यायो। अर्थात् त्यो अवशेष धुलाको पुरानो कण थियो। सूर्य चार अर्ब ६० करोड वर्ष पुरानो हो। यस्तै पृथ्वीको आयु साढे चार अर्ब वर्षको छ। अस्ट्रेलियामा खसेको उल्का पिण्डमा फेला परेका धुलोको कण सूर्य र पृथ्वीभन्दा पनि पुराना छन्। अनुसन्धानमा संलग्न अमेरिकाको सिकागो विश्वविद्यालयका सहायक प्राध्यापक फिलिप हेकले आफ्नो जीवनको अचम्मलाग्दो खोज भएको र यसले ब्रह्माण्डमा ताराहरूको उत्पत्तिको कथा बताउने बताएका छन्। वैज्ञानिकले उक्त उल्का पिण्डको टुक्रालाई पिसेर धुलो बनाए। सबै टुक्रा पिस्दा घाउमा लगाउने लेपजस्तै भएको थियो। बदामको बटर कुहिँदा जस्तो गन्ध आउँछ त्यो लेपबाट त्यस्तै गन्ध आएको फिलिपले बताए। त्यसपछि त्यो लेपलाई तेजाबमा घोले। अरू सबै पग्लिए। तर, ताराका कण चाहिँ बाँकी नै थिए।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.