तपाईको स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो कि भएन ? यसरी हेर्नुहोस्


नवीकरण को लागि होस या नया को लागि होस् आबेदन दिएपछि समय मै लाइसेन्स प्राप्त हुने अवास्था छैन । सेवाग्राही ले लाइसेन्स लिन लामै समय खर्चिनु पर्ने अवस्था छ । त्यस मा पनि आफ्नो लाइसेन्स को अवस्था कसरि हेर्ने जानकारी नहुदा सेवा ग्राही कार्यलया मै धाइरहनु पर्ने बाध्यता रहेको छ । तपाइको लाइसेन्स प्रिन्ट भए नभएको अवस्था तपाइले घरमै बसी बसी हेर्न सक्नु हुन्छ ।

यातायात व्यवस्था कार्यालयहरुले सेवाग्राहीका लागि स्मार्ट लाइसेन्स कार्ड प्रिन्ट भएर तयार भए नभएको जानकारीको लागि विभिन्न प्रविधिको व्यवस्था गरेको छ । आफ्नो लाइसेन्स को जानकारी लिन को लागि कार्यलयले प्रतेक हप्ता को ६ दिन आइतबार देखि सुक्रबार बिहान ८ बजेबाट नै लागु गरेको बताएको छ ।

आफ्नो लाइसेन्स को जानकारी लिन को लागि तल उल्लेख गरेको लिंक मा क्लिक गरेर हेर्न सक्नु हुनेछ ।

ekantakunalicense.bagamati.gov.np/license-status

भदौ १७, २०७९ मा प्रकाशित

140 views

प्रतिक्रिया

मुख्य समाचार