मंगल ग्रहमा भेटिए मरेका कीरा

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

11 views

मंगल ग्रहमा मानिसको जीवनको सम्भावनासम्बन्धी वर्षौंदेखि बहस चलिरहेको छ। समयसमयमा मंगल ग्रहमा प्राप्त हुने प्रमाणको आधारमा वैज्ञानिकहरूले मानिसको जीवनको सम्भावनाबारे दाबी गर्दै आएका छन्। भर्खरै मंगल ग्रहमा वैज्ञानिकले एक रहस्य पत्ता लगाएका छन्। जसको कारण मंगल ग्रहमा जीवन हुने सम्भावना झन् बढेको छ। अमेरिकाको ओहायो विश्वविद्यालयका किट वैज्ञानिक र अमेरिकी अन्तरिक्ष एजेन्सी नासासँग आबद्ध डा. विलियम रोमोसरले एक अध्ययन गरेका छन्। अध्ययनमा मंगल ग्रहमा मृत कीराहरू फेला परेका छन्। कीराहरूमा साङ्ला, मौरीलगायतका कीरा रहेका छन्। डा. रोमोसरका अनुसार मंगल ग्रहबाट प्राप्त तस्बिर हेर्दा ती कीराहरूको आकृति झिंगा र सर्पसँग पनि मिल्दोजुल्दो रहेको छ। उनले ती आकृतिको स्वरूप भविष्यमा प्राप्त हुने गहन जानकारीको आधारमा परिवर्तन पनि हुन सक्ने बताएका छन्। योभन्दा पहिले पनि मंगल ग्रहमा यस्तै आकृति देखिएको थियो। यसको खोजी मंगलमा पठाइएको रोबर्सबाट भएको थियो।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.