प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

६ वर्ष अगाडि प्रकाशित
6 years अगाडि

7 views

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ। मिर्गौला प्रत्यारोपण गरेको दोस्रो दिन प्रधानमन्त्री ओलीले झोलिलो खानेकुरा खाएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थालेका छन्। थापाका अनुसार ओलीको अन्य सूचकहरु राम्रो रहेको रहेको छ। प्रधानमन्त्री ओलीलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ। उनको पछिल्लो स्वास्थ्यस्थतिबारे अस्पतालले हरेक दिन ४ बजे औपचारिक जानकारी दिनेछ। प्रधानमन्त्री ओलीको बुधबार दोस्रो पटक सफल मिर्गौला प्रत्यारोपण भएको हो। ओलीलाई नातामा भान्जी पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन्। ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो। पहिलो पटक मिर्गौला प्रत्यारोपणमा सहभागी भारतीय चिकित्सक अनन्त कुमारसमेत बुधबार सहभागी थिए ।मिर्गौला प्रत्यारोपण टिममा शिक्षण अस्पतालका अनुभवी चिकित्सकसँगै पहिलो प्रत्यारोपणमा सहभागी तीना भारतीय चिकित्सक नेपाल आएका हुन् । शल्यक्रियाका लागि डा.प्रेम ज्ञवालीको टोली र डा. उत्तम शर्माको टोली खटिएको थियो। एक टोलीले दाताको शल्यक्रिया र अर्को टोलीले प्रधानमन्त्रीको शल्यक्रिया गरेको हो। शल्यक्रियापछि कम्तीमा दस दिन अस्पतालमै आराम गर्नुपर्ने प्रारम्भिक सल्लाह चिकित्सकले दिएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि गत भदौंमा सिंगापुर गएका थिए। त्यहाँ उनले ‘प्लाज्माफेरेसिस’ गरिएको थियो। त्यहाँ १५ दिनको बसाइपछि प्रधानमन्त्री स्वदेश फर्केका थिए। त्यसपछि उनी नियमित मिर्गौला डायलासिस गर्दै आएका थिए।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.