
६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३८१ पीसीआर परीक्षण गरिएको थियो जसमध्ये ६५८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै ४५६ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर चार हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।
Leave a Reply