
हिप्नो र थेरापी दुई शब्दको समिश्रणले हिप्नोथेरापी बनेको हो । हिप्नोको अर्थ हुन्छ आरामदायी निन्द्रा र थेरापीको अर्थ हुन्छ उपचार पद्वती वा प्रबिधि
बिस्वमा प्रमुख दुई किसिमका हिप्नोसिस चलन चलतिमा छन् । एक पुर्बिय दर्शन ले प्रतिपादित र अभ्यासमा ल्याएको, जसलाई (hypnotism) भनिन्छ । जसमा एक (hypnotist ) ले आफ्नो असिमित इक्षाशक्तिको भरपुर प्रयोग गरेर दोश्रो व्यक्तिको मन, मस्तिष्क र इच्छा शक्तिमा नियन्त्रण गर्दछ । जसमा सदुपयोग देखी दुरुपयोग हुने अवस्था उत्तिकै हुन्छ ।
याहा चर्चा गर्न लागेको (hypnotherapy ) पाश्चात्य देशमा प्रयोग र अभ्यास गरिदै आएको हो । यस पद्धतिमा hypnotherapist ले सम्बन्धित व्यक्तिको स्वीकृति लिएर उसलाई गहिरो निन्द्रामा लगेर उसको समस्याको समाधान गरिदिन्छ । यसमा सम्बन्धित व्यक्तिको स्विक्रिति बेगारा therapist ले केहि पनि गर्न सक्दैन । अझ भनौ therapist र ब्याक्ति दुबैको सहकार्यबाट समस्याबाट मुक्ति पाउदछा . यसमा कुनै किसिमको दुरुपयोग हुदैन र कुनै गलत असर पनि हुदैन ।
अब चर्चा गरौ , यो थेरापीले कसरि काम गर्दछ ।
हाम्रो मस्तिष्क भनेको भौतिक पदार्थ हो र मन भनेको abastract हो । मस्तिष्कलाई दुई प्रकारले विभाजन गर्न सकिन्छ । right brain himesphere र left brain hemisphere र कार्य क्षेत्रको हिसाबले ३ भागमा विभाजन गर्न सकिन्छ । सचेत मन , अर्ध सचेत र अचेतन मन सचेत मन जसको काम हो जागृत अवस्थामा काम गर्नु सोचेर, सम्झेर बोल्नु । जस्तै कुनै पनि कुरा हामीले बोल्दा सोच्छौ , विश्लेषण गर्छौ , त्यहि सचेत मन हो । यो सम्पूर्ण मनको (१० - १२ %) हिस्सा यसले ओगटेको हुन्छ । यस्तो अवस्थामा, मस्तिष्क १४-२१ प्रति सेकेन्ड धड्किरहेको हुन्छ ।
मनको दोश्रो अवस्था हो , अर्ध सचेत मन । जब हाम्रो मस्तिष्क १४ भन्दा कम धड्कन थाल्दछ , हामि अर्ध सचेत अवस्था वा त्यो भन्दा पनि अझ गहिरो अवस्थामा पुग्छौ । hipnotherapy मा अझ गहिरो अवस्थामा पुग्न सकिन्छ । एस्तो अवस्थामा हामीले जे सम्प्रेषण गर्यो त्यहि ग्रहण गर्दछ , मस्तिष्कले तर्क र विश्लेषण गर्दैन । यस अर्ध सचेत मनले ८८ % - ९० % हिस्सा ओगटेको हुन्छ , यानी ९ गुणा सचेत मन भन्दा बढी यसको आयतन ( volume ) हुन्छ र ६००० गुणा बढी शक्तिशाली हुन्छ ।
तेश्रो अवस्थाको मन हो , अवचेतन वा अचेत मन ( super - mind ) जुन अहिले पनि बैज्ञानिक र मनोबिश्लेषकहरुका लागि रहस्यको बिषय बनेको छ ।
अब चर्चा गरौ , मश्तिष्कले कसरि काम गर्दछ ।
हामीले बोलेको, सोचेको , सुनेको, भोगेको र अनुभव गरेको सम्पूर्ण कुराहरु पहिले सचेत मन अनि अर्ध सचेत मनमा गएर रेकर्ड भएर बसेको हुन्छ । सचेत र अर्धसचेत मनको बिचमा एउटा द्वार हुन्छ, जसलाई ( critical filter ) भानिन्छ । यसलाई नै खोलेर अर्ध सचेत मनमा प्रवेश गर्ने हो ।
hypnotherapy मा प्रक्रिया पुरा गरेर यहि अर्धसचेत मनको अवस्थामा पुग्ने हो । हाम्रो अर्ध-सचेत मनमा , हाम्रो जन्म समयदेखि अहिले सम्मको हरेक कुराहरुको रेकर्ड फाइल (record file ) को रुपमा रहेको हुन्छ जसलाई modern memory भानिन्छ र हाम्रो जन्म जन्मान्तर यानी पुर्व जन्मको सम्पूर्ण सुचनाहरु समेत अलि गहिरो भागमा त्यहि नै बसेको हुन्छ । जसलाई prinutive mind भानिन्छ । यहि सम्पूर्ण कुराहरुलाई हाम्रो आवस्यकता र समस्या हेरेर प्रयोग गर्न सकिन्छ ।
hypnotherapy बाट हामीले मनसंग सरोकार राख्ने हरेक कुरामा समाधान गर्न सक्छौ । कुनै रोगको जड पत्ता लगाउन सक्छौ । शारीरिक, मानसिक, भावानात्मक रोग र समस्याहरुलाई समाधान गर्न सकिन्छा । हाम्रो शरीरमा शक्तिहरुको प्रभाव हुन्छ । जसलाई सन्तुलित गर्ने काम गर्दछ । यो पद्वतिले मनको हरेक समस्या, जिज्ञासाहरुलाई सम्बोधन गर्न सकिन्छ ।त्यस्तै गरि अध्यात्मिक महत्व पनि मनन गरि बुझ्नमा सहयोगी भूमिका खेल्द्छ । त्यसको एक मात्र कारण अर्ध सचेत मन निक्कै शक्तिशाली हुन्छ र समाधान पनि त्यहीबाट हुन्छ ।
यो पद्वती प्रभावकारी दिर्घकालिन एवं शक्तिशाली छ । हाम्रो मन भनेको एउटा बगैचा हो , जहा रेखदेख नगर्दा झारपातदेखी अनावस्यक विरुवाहरु उम्रिन्छ र बगैचाको शोभालाई नष्ट पारिदिन्छ । अब यो बगैचा भनेको अर्ध सचेत मन हो । बगैचाको देखिने भाग जहा झारपात छन, त्यो भनेको हाम्रो सचेत मन हो , जहा समस्याहरु देखिन्छन । झारपात र अनावस्यक बिरुवाहरुका जरा जमिनमुनि हुन्छन । हाम्रो समस्या र रोगको जड पनि हिरो मन यानी अर्ध सचेत मनमा हुन्छ ।
यसलाई राम्रो र सु-व्यवस्थित पार्न, सर्वप्रथम बगैचा को झारपात जरैदेखि हटाउनु पर्छ। अब त्यो बिजलाई बेला-बेलामा मलजल गरेपछि बिस्तारै बिरुवाको रुपमा बिकसित हुदै जान्छ । पछी फुल फुलेपछि त्यसले बगैचाको शोभा बढाउछ त्यसै गरि हाम्रो मनमा भएको समस्याको जड पत्ता लगाउन गहिरो मनमा गइ, त्यसको प्रभाव लाइ न्युन गरि त्यस ठाउमा आफ्नो आवस्यकता अनुसार बिज यानी programming गर्ने , बिस्तारै - बिस्तारै त्यो बिजले बिरुवाको रुप लिन्छ अनि फुला फुल्छ र त्यसको सुगन्ध फैलिंछ । त्यसैगरी आफ्नो व्यक्तित्व मा सुगन्धको रुप आउदछ । जसलाई असल व्यक्तित्व भानिन्छ ।
अर्को सब्दमा भावनामा भन्दा हाम्रो कम्प्युटर लाइ आफ्नो आवस्यकता अनुशारको programming र formatting गरिन्छ । राम्रो र सजिला को लागि मन लाइ पनि त्यस्तै programming or formatting गर्ने हो ।
अब चर्चा गरौ रोग कसरि लाग्छ ?
- पूर्ण जन्मको संस्कार अनुशार
- बाल्यकालमा भएको घटनाले
- बर्तमान अवस्थाको कारण
- नकारात्मक बिचार को कारण
माथिको रोग वा समस्या लाइ बिभीन्न प्रक्रिया वा तरिका बाट समाधान गर्न सकिन्छ । जस्तै
- पूर्ण जन्म को संस्कार लागि ( past life therapy )
- वाल्यकालको लागि ( Age regression therapy )
- बर्तमान समस्यालाई (suggestion to the सुब्कोन्स्किऔस् mind )
- negetive thoughts लाइ affirmation वा positive thoughts आदि
hypnotherapy ले स्वस्थ क्षेत्रमा कसरि सफल कार्य गर्दछ ?
हामीले माथिनै उल्लेख गरिसकेउ hypnotherapy र मन को बिचको तालमेल । हाम्रो हरेक स्वास्थ्य समस्या मन संग सम्बन्धित हुने गर्दछ । मनमा कुनै समस्या भएको खण्डमा यसले हाम्रो सरिरको शक्ति केन्द्रहरुलाई असर गर्दछ र त्यसको असर सरिर मा देखा पर्दछ । अब हामि सरिरका रोग वा मानसिक रोगको औसधि प्रयोग गरेर त्यसलाई केहि हद सम्म मत्थर गर्न कोसिस गर्छौ तर जड सम्म जाने चेस्टा गर्दैनौ ।
hypnotherapy मा रोग को कारण मन हुने हुनाले , हामि रोगीको सहयोग मा गहिरो मनको यात्रा गर्छौ । त्यसपछि त्यसको कारण पत्तालागाउछौ । र किन त्यस्तो समस्या आयो ? बुझ्ने चेस्टा गर्छौ । अनि त्यसको अर्थ बुझी त्यसको निवारण गरि , त्यस ठाउमा सकारात्मक उर्जा को भावाना सम्प्रेषण गर्दछौ । यसरि हरेक रोगमा नकारात्मक भावना , उर्जा र शक्ति अनि बिचार को कारणले रोग लागेको हुन्छ । अब त्यस ठाउमा सकारात्मक उर्जा र बिचार लाइ प्रतिस्थापित गरिदिन्छौ । विस्तारै यहि सकारात्मक उर्जा र बिचार ले सरिर मा सकारात्मक उर्जा र लक्ष्यण दिन थाल्दछ ।
hypnotherapy मा व्यक्ति र व्यक्ति बिशेस एवं therapist ले नै प्रेरणा दिई आफ्नो रोग पत्ता लगाई, समाधान गर्दछ ।
र यसमा therapist को सहयोगी भूमिका सदैब रहिरन्छ । जस्तै therapist ले रोगीलाई गहिरो मनमा लिएर जान्छ अनि रोगि स्वयमले रोग पत्ता लगाउछ, परिक्षण गर्दछ, अपरेशन गर्दछ , मलमपट्टी गर्दछ । र स्वास्थ्य को अनुभव गर्दछ ।
यसरी ऐलेको २१औं सताब्दी मा देखा परेको हरेक समस्या र रोगको निवारण hypnotherapy ले गर्दछ । र यसमा त्याक्ति बिशेषको विश्वास र सहयोग सदैव अमुल्य रहन्छ ।
त्यस्तै गरि कतिपय रोग र समस्याहरु हाम्रो सुक्ष्म शरिरसंग पुर्व जन्मबाट ग्रहण गरेर ल्याउछ । कतिपय अवस्थामा यो रोग र समस्याका कारण अहिलेको बैज्ञानिक युगका नबिनतम प्रविधिले सम्म सम्बोधन गर्न सक्दैन । हाम्रो शरिरसंग सुक्ष्म शरिर पनि हुन्छ र हाम्रो यो जन्म अघि धेरै अरु जन्म पनि भएको हुन्छ भन्ने कुरा अब बैज्ञानिक एवम मनोविश्लेषकले स्विकारी सकेका छन । यस्तो अवस्थामा केहि रोगि वा समस्याको लागि past life therapy गर्नु जरुरि हुन्छ । जब सम्म हाम्रो जीवनमा त्यस समस्याको रहस्य र पाठ सिक्दैनौ, तबसम्म हामीलाई त्यस समस्याले सताइरहन्छ । यस्तो समस्यामा प्राय भय हुने गर्दछ । जसलाई फोबिया भानिन्छ । कुनै किसिमको घाटना जीवनमा बारम्बार , नै भैरहेमा त्यसको पनि तालुकात पुर्व जन्म संग हुने गर्दछ । यसरि पुर्बजन्मको समस्या वा यो जन्ममा केहि समस्या वा रोग यो महासागरलाई एक थोपामा व्याख्या गर्नु पक्कै पनि सजिलो हुदैन । रोगको समाधान भनेको सु - स्वास्थ्य रहनु हो र hypnotherapy ले यस क्षेत्रमा अग्रणी भूमिका खेलिरहेको हुन्छ ।
अमरदीप गुरागाई
भदौ ७, २०७९ मा प्रकाशित