
१० भदौ काठमाण्डौ - नेपाली कांग्रेसले मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि भदौ १० गते देखि २४ गते सम्म 'जनताको साथमा कांग्रेस ' अभियान सुरु गर्न लागेको हो ।
यस अभियान को लागि कांग्रेसले अभिमुखिकरण गरेर केन्द्रीय प्रतिनिधि हरेक जिल्लामा पठाइसकेको छ जसमा प्रतिनिधिले प्रतेक जिल्लामा गइ जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि , महासमिति प्रतिनिधिलगायतको बैठक बोलाउने छन् ।
यस अभियान मा जनतालाइ आफ्ना समस्या राख्न लगाउने , कांग्रेसले गरेको काम को सुचना दिने र सत्तारुढ गठबन्धनका दलहरुबीच समन्वय गरि तालमेलको औचित्व पुष्टि गरिने कांग्रेसले जनाएको छ ।
Leave a Reply