प्रधानमन्त्री ओलिको फेरबदल थपे नौ नयाँँ हटाए पुराना नौ (सूचीसहित)

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

4 views

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। प्रधानमन्त्रीले पुनर्गठन गरेको मन्त्रिपरिषदको नामावली राष्ट्रपति कार्यालयले जारी गरेको छ।राष्ट्रपति कार्यालयले बुधबार राति विज्ञप्ति जारी गरेर नयाँ मन्त्रीमण्डलबारे जानकारी दिएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् नियुक्ति, कार्यविभाजन र हेरफेर गरेको विज्ञप्तिमा जनाइएको छ। ‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा मौजूदा मन्त्रिपरिषदमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ।नयाँ थपिएकामा वसन्त नेम्वाङ (भौतिक) हृदयेश त्रिपाठी (संघीय), पार्वत गुरुङ (महिला, बालबालिका), घनश्याम भुषाल (कृषि)र लेखराज भट्ट (उद्योग), रामेश्वर राय (श्रम) छन्। यस्तै, मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल, श्रम तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र उद्योगमन्त्री मातृका यादव मन्त्रीबाट हटाइएका छन्। स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र कृषि राज्यमन्त्री राजकुमारी चौधरीलाई हटाइएको छ।उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानुन मन्त्री बनाइएको छ। कानुन मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.