स्वअध्यनले बनेका गणितिज्ञ

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

10 views

जर्मनीको लिपजिङमा सन् १६४६ जुलाई १ मा जन्मेका गटफाइट विल्हेनम लिबनिज एक विश्व प्रख्यात गणितज्ञ हुन्। उनको परिचय यतिमै सिमीत छैन। उनी महान् दार्शनिक पनि हुन्। ‘लुथेरन’ धर्म मान्ने परिवारमा जन्मेका उनी ल्याटिन, जर्मन र फ्रेन्च भाषाको ज्ञाता पनि थिए। गणित, भौतिकशास्त्र, जीवशास्त्र, औषधि विज्ञान, मनोविज्ञान, इन्जिनियरिङ, भाषा, दर्शन, समाजशास्त्र, अर्थशास्त्र, इतिहास, राजनीतिलगायतका विषयमा उनी विशेष रुचि राख्थे। ७० वर्षको उमेरमा सन् १७१६ नोभेम्बर १४ मा क्यान्सरका कारण उनको मृत्यु भयो। १२ वर्षमै ल्याटिन भाषामा पोख्त ६ वर्षको हुँदा उनको बुवाको मृत्यु भयो। उनी एक्लै भए। उनको बुवा मोरल फिलोसफीका प्रोफेसर थिए। त्यसपछि सबै जिम्मेवारी उनको काँधमा आयो। उनी आफ्नो बुवाको विचार वा दर्शनबाट एकदमै प्रभावित थिए। उनको बुवाले घरमै एउटा सानो पुस्तकालय बनाएका थिए। त्यही पुस्तकालयका पुस्तक पढेर उनको दिनचर्या बित्थ्यो। ती पुस्तक ल्याटिन भाषामा लेखिएका थिए। ती पुस्तक पढेर उनी ल्याटिन भाषामा पोख्त भए। यसरी दिनहुँको पठन अभ्यासले १२ वर्षकै उमेरमा उनी धाराप्रवाह रुपमा पढ्न सक्ने भए। १५ वर्षको हुँदा उनी आफ्नो बुवाले अध्ययन गरेको यूनिभर्सिटी अफ लेपजिङमा भर्ना भए। त्यहाँबाट सन् १६६२ मा उनले दर्शनशास्त्रमा स्नातक डिग्री र सन् १६६४ मा स्नातकोत्तर डिग्री प्राप्त गरे। त्यसैगरी सन् १६६५ मा कानुनमा समेत स्नातक गरे। यसरी उनले दर्शन र कानूनी क्षेत्रमा विशेष योगदान दिए। साथीबाट सिके गणित लिबनिज एकपटक पेरिसमा गए। त्यहाँ उनले गणितमा कमजोर भएको महसुस गरे। त्यसपछि उनी गणित सिक्न आफ्ना गुरू ह्युजेन्ससँग मिलेर स्वअध्ययन गर्ने कार्यक्रम चलाए। त्यति मात्र नभएर गणित जान्नेहरुसँग दोस्ती बढाउन थाले। यसै क्रममा उनले गणित सम्बन्धि ज्ञान अझै बढोस् भनेर उनी एक जर्मन गणितज्ञ एहरेनफ्राइड वाल्थर वानको साथी बने। साथीबाट उनले धेरै सिके। सन् १६७५ मा उनलाई फ्रेन्च एकेडेमी अफ साइन्सको सदस्य बनाइयो। त्यही क्रममा उनी रोयल सोसाइटी नामक संस्थाको सदस्य पनि बने। केही समय पछि उनले एउटा मेसिनको आविष्कार गरे। उक्त मेसिनले अंकगणितिय कार्य वा हिसाब गणना गथ्र्यो। त्यसपछि ‘क्याल्कुलस’ बनाउनमा एकदमै मिहिनेत गरे। सन् १६८२ र सन् १६९२ मा उनले जर्नल एक्टा एरुडिटोरियममा एउटा प्रतिवेदन प्रस्तुत गरे। उनलाई न्यूटनसँगै मिलेर ‘इन्फिनिटिसिमल क्याल्कुलस’ बनाउने ब्यक्तिको संज्ञा दिइएको थियो। यसरी उनको चर्चा संसारभरि भयो। यही आविष्कारका कारण उनलाई आजसम्म पनि महान गणितज्ञ भनेर उनी संसारभरि चिनिन्छन्। (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.