आइजीपी खनालले कार्यकालमै निर्मला पन्तको ‘ह*त्यारा’ सार्वजनिक गर्ने
काठमाडौं,। नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल अ*पराध अनुसन्धानमा सफल मानिएका अधिकृतमध्ये एक हुन् । उनी नेपाल प्रहरीको अ*पराध अनुसन्धान महाशाखामा पुगेर दशकौं देखि अनुसन्धान पूरा हुन नसकेका ह*त्याका*ण्डका अभियुक्त पत्ता लगाए ।
खनाल अप*राध अनुसन्धानमा पुगेर बडिखेल ह*त्याकाण्ड, रानीबारी ह*त्याकाण्डलगायत दर्जनौं हत्याकाण्डका दो*षी समातिए । तराईका कतिपय जिल्लामा भएका ह*त्याकाण्डका दो*षी समेत समाते । उनी अपराध अनुसन्धानमा पुगेर लोकप्रीयता बटुले । तर, खनाल आइजीपी हुँदा भएको एउटा घटनाको दो*षी अझै पत्ता लाग्न सकेको छैन।
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको ह*त्याको दो*षी अझै पत्ता लाग्न सकेको छैन । यो घटनाको दो*षी पत्ता नलाग्दा आइजीपी खनाललाई पिरोलेको छ । उनी आफै सेवननिवृत्त नहुँदै यो घटनाको दो*षी पत्ता लगाउन चाहन्छन् । उनी निकट स्रोतका अनुसार निर्मला पन्त ह*त्याका*ण्डमा अनुसन्धानमा दीग्गज मानिएका केही अधिकृतहरुलाई त्यसमा केन्द्रित हुन निर्देशन पुगिसकेको छ । त्यस अनुसार काम अगाडि बढिसकेको छ ।
खनाल शुक्रबार कैलाली पुगे । कैलाली पुगेपनि छिमेकी जिल्ला कञ्चनपुरमा डेढ वर्ष अघि घटेको घटनाबारे चर्चा चलेको बुझिएको छ । खनालले कुनै हालतमा दोषी पत्ता लगाउन अनुसन्धानका सबै उपाय अबलम्बन गर्न निर्देशन दिएका छन् ।
हालको प्रहरी नियमावली अनुसार ३० वर्षे कार्यकाल पूरा गरी माघको अन्तिम साता सेवानिवृत्त हुने खनाल आफूले गरेका महत्वपूर्ण कार्यलाई ओझेलमा पार्ने कुनैपनि विषय रहन नदिने गरी लागिपरेका छन् । त्यसैले उनको मुख्य ध्यान निर्मला पन्त ह*त्याको दो*षी पत्ता लगाउने पनि रहेको छ ।
खनालको कार्यकालमा प्रहरीमा भौतिक पूर्वाधार निर्माणमा महत्वपूर्ण उपलब्धि भएका छन् । दशकौं देखि बन्न नसकेका भवनहरुको निर्माण शुरु भएको छ । विभिन्न जिल्लामा प्रहरी चौकीहरु बनेका छन् । संगठनभित्र दरबन्दी बढाउने देखि प्रहरीप्रतिको सर्वसाधारणको दृष्टिकोणमा फरक ल्याउन समुदाय प्रहरी साझेदार कार्यक्रम ल्याए ।
मिसन र भिजनका साथ काम गरेका खनाललाई केही व्यापारीले ठेक्कापट्टा नपाएपछि संगठित भएर आक्रमण गरिरहेको विषय पनि उठिरहेको छ । विगतमा प्रहरीको सामान खरिद देखि निर्माणमा कमिशनको खेल अत्याधिक हुनेगथ्र्यो । खनालले त्यस्ता गतिविधिलाई रोकिदिएपछि उनीमाथि प्रहरी संगठन भित्र र बाहिरबाट आक्रमण भइरहेको चर्चा प्रहरीभित्र र बाहिर चलिरहेको छ ।