एक केजी प्याज किन्न एक आना जग्गा बेच्नु पर्ने


बेमौसमी बर्सातले प्याजखेती नष्ट भएपछि भारत आफैँ १ लाख २० हजार टन आयात गरेर जनतालाई राहत दिँदै छ, बंगलादेशमा मूल्य अकासिएपछि प्रधानमन्त्री सेख हसिना वाजेदले प्याज नखाने घोषणा गरिन्, तर नेपालमा सरकारसँग न उत्पादनको योजना छ, न आयातको कुनै विकल्प किसानको बारीमा उत्पादन भएको नयाँ प्याज बजारमा आउने समय हो यो । तर, न्यून उत्पादन र भारतबाट आयात रोकिएकाले बजारमा प्याजको अभाव छ । सोहीकारण प्याजको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार प्याजको खुद्रा मूल्य १ सय ९५ रुपैयाँ प्रतिकिलो निर्धारण भएको छ । तर, उपत्यकाका अन्य साना बजार र पसलबाट बिक्री हुने प्याजको भाउ प्रतिकिलो दुई सयभन्दा बढी छ । शुक्रबार र शनिबार मात्र कालिमाटी बजारमा प्रतिकिलो १ सय ८५ रुपैयाँमा प्याज बिक्री भएको थियो । तर, आइतबार बिहानबाट प्रतिकिलो १० बढेको छ । व्यवसायीका अनुसार भारतबाट वैद्यानिक माध्यमबाट आयात अति नै न्यून छ । कालिमाटी बजारमा प्याजको थोक आयात र बिक्री गर्दै आएका व्यवसायी प्रकाश गजुरेलका अनुसार असोज दोस्रो सातादेखि भारतबाट न्यून मात्रामा आयात भइरहेको छ । ‘भारतले प्याज निर्यातमा कठोर नीति लिएपछि आयात गर्न सकिएको छैन । फाट्टफुट्ट विभिन्न माध्यमबाट आयात भएको छ,’ उनले भने । यद्यपि, भन्सार विभागको तथ्यांकअनुसार असोजमा मात्रै ३७ करोड रुपैयाँभन्दा बढीको प्याज आयात भइसकेको छ । ‘चीनबाट र अन्य मुलुकबाट समेत भारतीय बाटो हुँदै आएकाले परिमाण बढी देखिएको होला,’ व्यवसायी गजुरेलले भने ।

मंसिर ९, २०७६ मा प्रकाशित

149 views

प्रतिक्रिया

मुख्य समाचार